आर्मीलाई पराजित गर्दै पुलिस प्रधानमन्त्री भलिबल कपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२०
  • |
  • 240 पटक हेरिएको

नेपाल पुलिस महिला भलिबल टिम छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगन्जस्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनल यात्रा पक्का गरेको हो ।

तेस्रो सेटसम्म पुग्दा पनि बराबरीमा रहेको खेल पाचौँ सेटमा पुगेर पुलिसले जितेको हो ।
पहिलो सेट २३–२५ ले आर्मीको नाममा रहँदा दोस्रो सेटमा पुलिसले २५–२० को जित निकालेको थियो ।

तेस्रो सेटसम्म पुग्दा पुुलिसले आर्मीलाई २५ –२१ ले पराजित गय्रो। त्यस्तै थौथो सेटमा आर्मीले २५–१४ ले खेलमा फर्कन सफल भएको थियो भने अन्तिम सेटमा पुलिसले आर्मीलाई १५–८ ले पराजित गर्दै फाइनलमा यात्रा पक्का गरेको हो ।

उपाधिका लागि अब नेपाल पुलिस क्लबले एपीएफको सामना गर्नेछ । आर्मीले भने तेस्रो स्थानमा लागि बुधबार न्यु डायमण्डसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख रुपैया तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal