न्यू डाईमण्डलाई हराउँदै एपीएफ महिला भलिबलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२०
  • |
  • 180 पटक हेरिएको

न्यू डाईमण्ड स्पोर्टस क्लवलाई हराउँदै विभागिए टिम एपीएफ क्लव नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगञ्ज कर्भडहलमा भएको खेलमा एपीएफले न्यू डाईमण्डलाई तीन शुन्यको सोझो सेटमा हरायो । जसमा एपीएफले पहिलो सेट २६–२४ ले जित्यो भने दोस्रो सेट २५–१७ र तेस्रो सेटपनि २५–१७ ले आफ्नो पक्षमा पार्यो ।

मुख्य खेलाडी घाइते भएका दुबै टिम विच पहिलो सेटमा भने राम्रो रोमाञ्चकता भएको थियो । तर पछिल्लो दुई सेटमा न्यू डाईमण्ड फितलो देखियो ।

अब एपीएफले उपाधिका लागि पुलिस र अार्मी विचकाे विजेतासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey