नेपाली क्रिकेटले आफुलाई चाहेमा कुरा गर्न सकारात्मक छु-पुबुदु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१८
  • |
  • 228 पटक हेरिएको

नेपाली क्रिकेट टिमलाई डिभिजन लेभलबाट विश्वकपसम्म पुर्याएका प्रशिक्षक पुबुदु दशानायेके लामो समयपछि नेपाल आएका छन । काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रुपमा उनी नेपाल आएका हुन ।

इपीएलका लागि नेपाल आएको भएपछि पुबुदुले नेपाली युवा खेलाडीलाई सहयोग गर्ने बताएका छन । यतिबेला इपीएलका लागि आएकाले नेपाली क्रिकेटकाे बारेमा नसाेचेकाे तर सहयाेग गर्ने सधै खुसी हुने बताए । नेपालले चाहेको खण्डमा आफु नेपाली क्रिकेटलाई सहयोग गर्न तयार रहेको उनले बताए ।

नेप्लेजसँगको कुराकानीमा पुबुदुले अहिले इपीएललाई मात्र ध्यानमा राखेर नेपाल आएको तर नेपाली क्रिकेटको सहयोगका लागि आफु सधै तयार हुने उनले बताए । करिव चार बर्षजति नेपाल क्रिकेटलाई महत्वपुर्ण योगदान गरेका पुबुदुले नेपालबाट फर्किएपछि धेरै कुरा विर्षन केहि गाहे भएको समेत बताए ।

हेरौ पुबुदुसँगको कुराकानी

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey