फिफा विश्वकप छनाेटका खेल ताेकेकाे मिती भन्दा पर सर्नसक्ने संभावना !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१८
  • |
  • 181 पटक हेरिएको

फिफा विश्वकप छनोट अन्तर्गत चाइनीज ताइपेइ र अष्ट्रेलिया विरुद्धको खेलका लागि नेपालले तयारी सुरु गरेको छ । आज (आइतबार) बाट सुरु भएको क्याम्पमा एन्फाले बोलाइएको सबै खेलाडीको उपस्थिती भने थिएन । एन्फाले यसपटक क्याम्पमा पहिलो चरणमा ३१ खेलाडी बोलाएको थियो, तर काठमाडौं बाहिर विभिन्न गोल्डकप भइरहेकाले पहिलो दिन १८ खेलाडीको उपस्थिती रहेको थियो ।

नेपालले विश्वकप छनोटको तयारी सुरु गर्दा यो खेल तोकेको मितीमा नेपालमा हुन्छ की हुन्न भने कौतुहल बाँकी नै रहेको छ । किनकी यतिबेला विश्वमा जताततै कोरोना भाइरसको प्रकोप बढ्दो छ, त्यसलाई मध्यजनर राख्दै एशियन फुटबल महासंघले सोमबार आपतकालिन बैठक राखेको छ ।

पछिल्लो पटक युरोपियन देशका साथै अरु मुलुकमा पनि कोरोनाको त्रास दिनानुदिन बढ्दै गएको छ । पछिल्लो पटकमात्र इटालीयन सिरी ए मा पाँच खेलहरु स्थगित भएको छ भने युइएफएले पनि युरोकप छनोट अन्तर्गत अभ्यास खेलहरुको तालिका केहि सारेको छ भने केहिलाई रद्द गरेको छ ।

यस्तैमा एएफसीले पनि एशियाली देशमापनि कोरोनाको बढ्दो संक्रमणका कारण नेपालमा हुने भनिएका दुई खेललाई पर सार्ने ठुलो संभावना रहेको छ । एन्फाका उच्च पदाधिकारीले पनि यी खेलहरु सर्ने संभावना धेरै रहेको बताएका छन ।

फिफाको पूर्व तालिका अनुसार चाइनीज ताइपेईले मार्च २६ तारिखमा दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । यस्तै मार्च ३१ मा अष्ट्रेलियासँग खेल्ने कार्यक्रम छ । तर अब एएफसीले नेपालमा हुने यी दुई खेललाई तोकेको मितीमा गराउने संभावना निकै कम रहेको छ ।

विश्वकप छनोटका लागि दशरथ रंगशालाको मैदान मर्मतको काम धमाधम भइरहेको छ । तर एएफसीले गर्ने निर्णयमा सबै भर पर्नेछ ।
एएफसीले पछिल्लो पटक एकपछि अर्को गरि आफु निकटका प्रतियोगिताहरु पछाडी सार्दै आएको छ । यसअघि पनि उसले केहि मैत्रीपुर्ण खेलका साथै एशियन च्याम्पियन्स लिग जुन मार्चमा हुनुपर्ने हो अन्तिम समयमा सारिएको छ ।

यसका साथै महिला ओलम्पिक छनोटको फाइनल राउण्डको प्लेअफ अन्तर्गत दक्षिण कोरीया र चीनको खेल पनि पर सारिएको छ । जसमा पहिलो लेग अप्रिल नौ मा र दोस्रो लेग अप्रिल १४ मा राखेको छ ।

अखिल नेपाल फुटबल संघले नेपालको अवस्थाका बारेमा एएफसीलाई पत्र पठाएपछि एएफसीले इष्ट रिजनका फुटबल संघ सँग सोमबार छलफल गरेर फाइनल निर्णय गर्नेछ । पछिल्लो पटक अष्ट्रेलियामा पनि कोरोनाको त्रास जति छ, चाइनिज ताइपेइ पनि उच्च जोखिम देशका रुपमा रहेको छ । जसले गर्दा सबैतिर यसको सजकता अपनाइदै आइरहेको छ । तर नेपालमा भने अरु देशमा जस्तै सजकता खासै अपनाएको छैन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal