सन्दीप लामिछानेले पुरा गरे टी-२० मा १०० विकेटकाे काेशेढुङ्गा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१७
  • |
  • 476 पटक हेरिएको

काठमाडौं, १७ फागुन । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपालले अहिले मलेसियाविरुद्ध बलिङ गरिरहेको छ । नेपालले पहिलो सफलता हात पारेको छ । नेपाललाई सन्दीपले पहिलो सफलता दिलाएका हुन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी २० मा मलेसियाविरुद्ध एक विकेट लिएसँगै सन्दीपले टी २०मा १०० विकेट पुरा गरेका हुन् । पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका सन्दीपले १०० औं सिकारको रुपमा मलेसियाका विरेन्दरसिंहलाई आउट गरे ।

पछिल्लो टि २० को रुपमा सन्दीपले विगब्यास लिगमा १५ विकेट लिएका थिए । काठमाडौंमै भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि विगा ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला १०० विकेट पुरा गर्न १ विकेट बाँकी राखेका थिए ।

सन्दीपले साढे १ वर्षको अवधिमा यो कोषेढुंगा पार गर्न सफल भए । नेपाली क्रिकेटरमा सर्वा्धिक विकेट लिने खेलाडीको रुपमा पनि सन्दीप लामिछानेले आफूलाई स्थापित गरेका छन् ।

सन २००० को अगष्ट २ तारिखमा स्याङ्जाको आरुचौर तालपोखरीमा जन्मिएका सन्दीपले सानै उमेरमा ठूलो उपलब्धि हासिल गरेका छन् । उनले सन् २०१६ को नामिवियाविरुद्धको खेलबाट लिस्ट ए क्रिकेटको सुरुआत गरेका थिए । त्यसअघि यु १९ को नेपाली टिममा छनोट भएका थिए । २०१६ मा उनको स्पिन बलिङ देखेर अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न अबअर्व डिस्ट्रिक्ट क्लबमा खेल्नका लागि बोलाएका थिए ।

वुवा चन्द्रनारायण लामिछाने भारतको रेल्वेमा जागिर भएकै कारण सानैमा सन्दीप पनि पढाईका लागि उतै गएका थिए । उनी कक्षा चारमा अध्ययन गर्दादेखि क्रिकेटखेलसँग परिचत भएको बताइन्छ ।

२०१६ मा यु १९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि सोही वर्षको अप्रेलमा नामिबियासँगको आईसीसी विश्व क्रिकेट लिग म्याचमा सिनियर टिमबाट डेव्यु गर्न पाएका थिए । त्यसयता उनी नेपाली टिमका नियमित सदस्य पनि हुन् ।

राष्ट्रिय टिमबाट डेब्यु गरेपछि सन्दीप हङकङको घरेलु टी २० प्रतियोगिता हङकङ टी २० ब्लीटज खेल्न बोलाइएको थियो । त्यहाँ नै उनले अस्ट्रेलियन टिमका पूर्व कप्तान माइकल कर्लाकसँग भेट भयो र उनको क्रिकेट करियरको टर्निङ प्वाइन्ट पनि त्यही थियो ।

सन्दीप २०१८ को आईपीएलमा छनोट भए । तत्कालिन दिल्ली डेयर डेभिल्स दिल्ली क्यापिटल्सले उनलाई सिजनको २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

उक्त आईपीएलबाटै सन्दीपको टी २० यात्रा शुरु भएको हो । एशोसिएट राष्ट्रबाट आईपीएल खेल्नु आफैमा ठूलो उपलब्धि हासिल गरेका सन्दीपले पहिलो सिजनमा दिल्लीलाई प्रदर्शनबाट निराश बनाएनन् । उनले तीन खेलमा मात्रै मौका पाउँदा ५ विकेट लिँदै चर्चाको शिखरमा रहे ।

सन्दीपले २०१८ को मे १२ तारिखमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यु गरेका थिए । उक्त खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर पहिलो विकेट लिए । उनले आरसीबीका पार्थिब पटेलको विकेट लिएका थिए । जुन सन्दीपको पहिलो ऐतिहासिक टी २० विकेट पनि हो ।

दोस्रो खेलमा चेन्नाई सुपरकिंग्सविरुद्ध सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यो खेलमा सन्दीपले सुरेश रैनालाई आउट गरेका थिए ।
मुम्बई इण्डियन्सविरुद्ध उनले ३ विकेट लिँदै सनसनी मच्चाए । आफ्नो स्पेलमा ३६ रन खर्चिएर सन्दीपले सूर्य कुमार यादव, किरोन पोलार्ड, क्रुनाल पाण्डेको विकेट हात पारेका थिए ।

त्यसपछि सहयोग संकलन गर्ने उद्देश्यले आयोजना भएको विश्व ११ बाट सन्दीप खेल्ने मौका पाए । यसमा उनी विकेटविहीन बनेका थिए । त्यसपछि २०१८ को क्यारेवियन प्रिमियर लिगमा उनले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सबाट खेले । जसमा उनले ५ इनिङमा ७ विकेट हात पारे । उनले क्यारेवियन प्रिमियर लिगको आफ्नो पहिलो खेलमा १२ रन खर्चिएर २ विकेट हात पारे । सन्दीपले ग्वेना अमेजन वारियर्स्विरुद्ध विकेट लिँदा चाडविक वाल्टन र जेशन मोहम्मदलाई आउट गरेका थिए ।

दोस्रो खेलमा त्रिनबागो नाइट राइडर्स विरुद्ध ३ ओभर बलिङ गर्दै १ विकेट हात पारे । उनले एक ओभर मेडन राख्दै क्रिस लिनको विकेट लिएका थिए । जमैका टावेल्सविरुद्ध सन्दीपको नाममा २ विकेट रह्यो । उनले किनर लिविस र आन्ड्रे माकाथ्रीको विकेट लिएका थिए । सेन्ट लुकाविरुद्ध पनि सन्दीपले २ विकेट हात पारे । उनले डेभिड वार्नर र क्वीस अहमदलाई आउट गरेका थिए ।

त्यसपछि उनी अफगानिस्तान प्रिमियर लिग खेल्न आएका थिए । अफगानिस्तान प्रिमियर लिगमा १ इनिङमा मात्रै बलिङ गरेका सन्दीपले २ विकेट हात पारे ।

२०१८–१९ को विग ब्यास लिगमा उनले ८ म्याचमा ११ विकेट लिए । सोही बर्ष बंगलादेश प्रिमियर लिग क्रिकेटमा सन्दीपले ६ खेलमा ४ विकेट हात पारेका थिए । पाकिस्तान सुपर लिग क्रिकेटमा उनले ७ खेलमा ११ विकेट लिएका थिए ।

आईपीएलको उनको आफ्नो दोस्रो सिजनमा दिल्लीबाटै खेलेका थिए । र अहिले पनि सोही यात्रालाई निरन्तरता दिँदै छन् । आईपीएलमा दोस्रो सिजमा उनी ६ खेलमा सहभागी भए । जसमा उनले ८ विकेट लिएका थिए । क्यारेवियन प्रिमियर लिगमा पनि सहभागी भएका सन्दीपले ११ विकेट लिए । विग ब्यासमा  १५ विकेट लिएका सन्दीपले नेपाली राष्ट्रिय टिमले खेलेका टी २० मा ३१ विकेट हात पारेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal