महिला टी–२० विश्वकपः भारतीय खेलाडी जेमिमा र सुरक्षा गार्डसँगको डान्स भाइरल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१६
  • |
  • 154 पटक हेरिएको

आईसीसी महिला टी–२० विश्वकप २०२० मा भारतीय टिमले न्युजिल्यान्डलाई ३ रनले हराएर सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

पहिले महिला टिमले अयोजक अष्ट्रेलिया र बंगलादेशलाई हराएको थियो । यस जितको क्रममा भरतीय टिम नाचेको भिडयो भाइरल भएको छ । भिडियोलाई सामाजिक सञ्जालमा निकै शेयर गरिएको छ । यस भिडियोमा भारतीय महिला क्रिकेट टिमका खेलाडी जेमिमा रोड्रिग्स सुरक्षा गार्डसँग डान्स गरिरहेकी छिन् । जेमिमा रोड्रिग्सको यस भिडियो आईसीसीले ट्विटरमा शेयर गरेको छ । उनले आफ्नो डान्स स्टेप सेकुरिटी गार्डलाई पनि सिकाएकी छिन् ।

न्युजिल्यान्डबिरुद्ध टिम भारतले पहिलो ब्याट्ङि गरेर १३३ रन बनाएका थिए । लक्ष्यलाई पछ्याउदै न्युजिल्यान्ड टिमले १३० रन मात्र बनाउन सकेका थियो । यस खेलमा भारतीय खेलाडी शेफाली वर्माले ३४ बलमा ४६ रन बनाइन् । जसका कारण उनी लगातार दोस्रो पटक प्लेयर अफ द म्याच पनि बनेकी थिइन् ।

टी–२० विश्वकपमा न्युजिल्यान्डबिरुद्ध जेमिमाले भने खासै राम्रो प्रदर्शन गर्न सकिनन् । न्युजिल्यान्डबिरुद्ध जेमिमाले १० रन मात्र बनाइन् । यस भन्दा पहिले उनले अष्टे«लिया बिरुद्ध ३३ बलमा २६ रन बनाएकी थिइन् भने बंगलादेश बिरुद्ध ३७ बलमा ३४ रन बनाएर आउट भएकी थिइन् ।

“>

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey