बिश्व ११ विरूद्धकाे खेलमा सन्दिप एशिया ११ काे टिममा, काेहली वा राहुलले कप्तानी गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१३
  • |
  • 226 पटक हेरिएको

नेपाली खेलाडी सन्दिप लामिछाने एशिया ११ को टिममा परेका छन । विश्व ११ विरुद्धको टी २० सिरीजका लागि बनाइएको एशिया ११ को टिममा नेपाली खेलाडी सन्दिप परेका हुन ।

एशियाली देशका खेलाडी समावेश गरिएको एशिया ११ टिममा भारतबाट केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादव र विराट कोहली रहेका छन ।

यस्तै बाँकी खेलाडीमा तमिम इक्वाल, लिटोन दाश, मुस्फिकुर रहिम, थिसारा पेरेरा, रासिद खान, मुस्ताफिजुर रहमान, लसिथ मालिंगा, मुजिब उर रहिमान र सन्दिप लामिछाने छन ।

यो टिमको कप्तान विराट कोहली वा के एल राहुल मध्ये एकले गर्नेछन । बंगलादेश क्रिकेट बोर्डको आयोजनामा हुने यो सिरीज मार्च १८ देखि २१ तारिखमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey