आर्मीलाई हराउँदै धरान अाहा रारा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 245 पटक हेरिएको

माघ १४, पाेखरा । त्रिभुवन आर्मीलाई टाईब्रेकरमा पाँच चार गोलले हराउँदै धरान फुटबल क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तीनपटकको फाइनलिस्ट आर्मी र धरानले निर्धारित समय एक एक गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

खेलको पहिलो हाफमा भरत खवासले एक गोल गरेर आर्मीलाई अग्रता दिलाएका थिए । उनले १८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको हेड बललाई गोलमा परिणत गरेका थिए ।

तर ६३ औं मिनेटमा निशान लिम्बुले गोल गरेर धरानलाई बराबरीमा लगे । पेनाल्टीमा धरानका विष्णु सुनार, निशान लिम्बु, बुद्धिमान राई, रोमन लिम्बु र सुरज विकले गोल गरे ।

आर्मीका नवयुग श्रेष्ठ, दीपक गुरुङ, दीप लामा र विवेक बस्नेतको पेनाल्टी गोलमा परिणत भयो । जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु आर्मीका लागि दूर्भाग्य बन्यो ।

अब सेमिफाइनलमा धरानले पुलिस र मनाङ मर्स्याङदीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोलि थ्री स्टार र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey