रामेछापमा भलीबल प्रतियोगिता हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 432 पटक हेरिएको

माघ १४, काठमाडाैं ।  रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनमा तेश्रो राष्ट्रिय सिभिल भलीबल प्रतियोगिता बुधबार सुरु हुदै छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगिता लिगकम नकआउट आधारमा हुनेछ ।

सहभागी टोलीमा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागिात रहने छ ।

यसैगरी, साविक विजेता प्याराडाइज युवा क्लब, हिमगंगा रामेछाप, नमुनादिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज, शान्तीदिप युवा क्लब मन्थली र जिल्ला भलीबल संघ रामेछापको सहभागिता रहने छ ।

आयोजक जिल्ला खेलकुद विकास समिती रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले प्रतियोगिताको लागत २३ लाख रुपैया रहेको बताए । शनिबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले १ लाख रुपैया पुरस्कार पाउने छ ।

उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागि टोलीमा राष्ट्रिय टोलीका सदस्य र विभागीय समेत गरी कुल ३ जना मात्र सेटमा राख्न पाइने जिल्ला खेलकुद विकास समितीका सदस्य सितराम कार्कीले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey