लोयल्टी कप भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१०
  • |
  • 208 पटक हेरिएको

काठमाडौं, १० फागुन । लोयल्टी एकेडेमीको आयोजनामा दसौं लोयल्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

सेभेन ए साइड स्वरुपको प्रतियोगितामा आयोजकको दुईसहित १२ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा सिद्धार्थ बनस्थली, नेक्सस, लोयल्टी ‘ए’, टीआईए, हिमालयन र लोयल्टी ‘बी’ रहेका छन् । काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन र शिशु मिलन समूह ‘बी’ मा छन् ।

प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि एलएले जितेको थियो । फाइनल १६ गते हुने छ । पहिलो दिन हुने एक मात्र खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससको सामना गर्ने छ । प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey