बर्षाका कारण महिला राष्ट्रिय भलिबलकाे फाइनल शनिबार सर्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०९
  • |
  • 331 पटक हेरिएको

खराव माैसमका कारण पर्वतकाे बेनीमा जारी दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबारका लागि सारिएकाे छ । अाज हुने भनिएकाे एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण भाेलीका लागि सारिएकाे हाे ।  

यसका साथै अाजै हुने भनिएकाे तेस्राे स्थानकाे खेल पनि भाेलीका लागि सरेकाे छ । तेस्राे स्थानका लागि न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख रूपैयाँ पाउनेछन् । यस्तै तेस्राे हुनेले ५० हजार हात पार्नेछन भने प्रतियाेगिताकाे सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार हात पार्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey