एपीएफ महिला राष्ट्रिय भलिबलकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०७
  • |
  • 198 पटक हेरिएको

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लव पर्वतमा जारी दिदीबहिनी कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पर्वतको बेनीमा भएको खेलमा एपीएफले चिरप्रतिद्धन्द्धी त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनायो । उसले आर्मीलाई तीन दुईको प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो ।

एपीएफले आर्मीको एक सेटका अग्रतालाई पन्छ्याएको थियो । जसमा एपीएफले आर्मीलाई २१–२५, २५–१७, १९–२५, २५–९ र १५–९ को सेटमा हरायो ।

आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५-२१ ले गुमाएको थियो । तर, दोस्रो सेट २५-१७ ले जित्दै एपीएफ खेलमा फर्कियो । तेस्रो सेट फेरी आर्मीले २५-१९ ले आफ्नो बनायो ।

चौंथो सेटमा २५-९ को जित निकालेको एपीएफले अन्तिम सेट १५-९ ले आफ्नो बनायो ।

जितसँगै एपीएफ समुह ए बाट विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey