न्यू डायमण्डकाे दिदीबहिनी कप भलिबलकाे सेमिफाइनल नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०७
  • |
  • 211 पटक हेरिएको

पर्वतमा आजबाट सुरु भएको दिदीबहिनी कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यू डायमण्ड क्लवले विजयी सुरुवात गरेको छ ।

आज विहान भएको खेलमा न्यू डायमण्डले घरेलु टिम रेडियो दिदीबहिनी टिमलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

जसमा न्यू डायमण्डले आयोजक टिम विरुद्ध पहिलो सेटमा २५–२ को जित निकाल्यो भने दोस्रो सेटमा २५–३ र तेस्रो सेटमा २५–६ को सहज जित हात पार्यो ।

यो जितपछि उपाधिको दावेदार टिम न्यू डायमण्ड सेमिफाइनल नजिक पुगेको छ । पाँच टिमका सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाउनेछन । प्रतियोगितामा यी दुई टिम बाहेक एपीएफ, आर्मी र नेपाल पुलिस क्लवको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey