समृद्धि सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०५
  • |
  • 197 पटक हेरिएको

समृद्धि आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइलनमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समृद्धिले मोफसलको टोली रामेछापलाई ८१–५० ले पराजित ग¥यो । समृद्धिका समित गुरुङले ३१ अंक जोडे ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा न्यु जेनिथ, ह्वाइटहाउस र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे ।

न्यु जेनिथले एलआरआईलाई ७३–४५ ले हरायो । न्यु जेनिथका सिजन महतले २१ अंक जोडे । ह्वाइटहाउसले ज्ञान निकेतनलाई ८६–७९ ले पाखा लगायो । विजेताका सुरज खत्रीले ३१ स्कोर गरे ।

अन्तिम क्वाटरफाइनलमा जेभियरले टाइम्सको चुनौती ६६–६० ले पन्छायो । जेभियरका लागि सविनकुमार कार्कीले १५ अंक जोडे । सेमिफाइनलमा जेभियरको भेट समृद्धिसंग हुने छ भने ह्वाइटहाउसले न्यु जेनिथ विरुद्ध खेल्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey