‘टिमबाट टाढा हुँदाकाे तनाव मलाई मात्र थाहा छ’ -भुवन कार्की (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०५
  • |
  • 427 पटक हेरिएको

नेपाली क्रिकेट एक समय राम्रो संभावना बोकेका खेलाडी थिए भुवन कार्की । नेपालका लागि सन् २०१२ मा नै डेब्य गरेको भएपनि उनको करियर उताडचडाव पुर्ण रह्यो । किनकी उनी टिममा पर्ने बाहिर हुने क्रम चलिरह्यो । सन् २०११ मा एसीसी यू–१९ एलिट कपमा नेपालबाट खेलेका उनले सन् २०१२ मा कुवेत विरुद्धको खेलमा राष्ट्रिय टिममा परेका थिए ।

नेपालका लागि यू–१९ विश्वकप छनोट, एशिया कप र विश्वकप नै खेलेका भुवनको सिनियर स्तरको यात्रा भने रोलकोस्टर नै बन्यो । सन् २०१४ मा धनगढीमा भएको नेपाल प्रिमियर लिगमा म्यान अफ दी सिरीज भएपछि उनी फेरी सोहि बर्ष भएको एशियन गेम्समा टिममा परे । त्यसपछि उनी आइसीसी विश्व क्रिकेट लिग डिभिजन तीनमा नेपालबाट खेले । जसमा उनले दुई खेलमा सात विकेट लिएका थिए । युगान्डा विरुद्ध चार विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन थियो ।

सन् २०१५ मा नामिवियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा केन्या विरुद्ध लिष्ट ए मा डेब्यु गरेका थिए । त्यसपछि भुवन एकाएक क्रिकेटबाट हराएको जस्तो भयो । अन्तिम पटक उनी २०१७मा बंगलादेशमा भएकोे एसीसी इमर्जिङ एशिया कपमा नेपालबाट खेलेका थिए । त्यसपछि करिव तीन बर्षको पर्खाईपछि उनी फेरी सिनियर टिममा परेका छन ।

राम्रो क्षमता भएपनि भुवन त्यो बेलाका स्टार खेलाडी शक्ति गौचन र बसन्त रेग्मीको छाँयामा पर्न पुगे । ब्यक्तिगत रुपमा पाएको मौका राम्रो गरेपनि उनी नियमित टिमको सदस्य बन्न सकेनन् । कारण शक्ति र बसन्तले उनीहरु भन्दा राम्रो गरिरहेका थिए । दुई स्टारको छाँयाबाट बाहिर निस्कन उनलाई निकै कठिन भयो ।

त्यस्तैमा पारिवारिक कारणले पनि उनी केहि समय क्रिकेटबाट बाहिरीनु पर्ने अवस्था आयो । तर जति समय उनी क्रिकेटबाट बाहिर रहे त्यति नै पिडा उनलाई थपियो । त्यसैले उनी भन्छन, क्रिकेटबाट बाहिर हुँदा कति कठिन भएको थियो, त्यो मलाई मात्र थाहा छ ।
बाँया हाते स्पिनर भुवन अबको अवसरलाई राम्रोसँग प्रयोग गर्ने सोचमा छन ।

हेरौ भुवनसँगको कुराकानी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal