हङकङविरुद्धको मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 217 पटक हेरिएको

माघ १४, हङकङ । नेपाली राष्ट्रिय भलिबल टोलीले हङकङसँग उसकै कोर्टमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबलमा जित दर्ता गरेको छ ।

३४ वर्षपछि हङकङको राष्ट्रिय टोलीबिरुद्ध उत्रिएको नेपालले ३–२ को सेटमा जित हासिल गरेको हो । आइतबार हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ को संघर्षपूर्ण जित निकालेको हो ।

खेलपछि नेपाली टोलीका मूख्य प्रशिक्षक बिरेन्द्रकुमार चौधरीले हङकङको कोर्टमा सुरुमा केहि अलमलिए पनि पछि राम्रो खेलेको प्रतिक्रिया दिए । उनले नेपाली टोलीका मुख्य स्पाइकर मानबहादुरले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा खेल पाँच सेटमा लम्बिएको बताए ।

यता हङकङका प्रशिक्षक याउ होक चुनले आफ्नो टोलीले उत्कृष्ट खेललाई निरन्तरता दिन नसकेकाले हार्न पुगेको बताए । यस कमजोरीलाई सुर्धार्दै दोस्रो खेलमा राम्रो खेल्ने उनको भनाइ छ ।

नेपाली कप्तान इम रानाले पनि सुरुमा खेल बिग्रिपनि पनि राम्रो भएको प्रतिक्रिया दिए । ‘सुरुमा उनीहरूको खेल बुझ्न समय लाग्यो, हाम्रो पनि तालमेल मिल्न सकेको थिएन । पछि उनीहरुको खेल बुझियो र राम्रो भयो,’ कप्तान रानाले थपे, ‘खासगरी हाम्रो रिसिभमा राम्रो भएको छैन छैन भोलि त्यसमा सुधार गर्नेछौ ।’

नेपालले सोमबार हङकङसँगै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ भने बुधबार मकाउको टिमसँग मकाउमा अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal