सेन्ट्रल जाेन पुरूष भलिबल ६ महिना सर्‍यो, नेपाली टिमकाे प्रशिक्षण स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०४
  • |
  • 496 पटक हेरिएको

बंगलादेशमा हुने भनिएको एभीसी मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता ६ महिना पछाडी सरेको छ । आयोजक बंगलादेश भलिबल संघले आपतकालिन अवस्थाका कारण यो प्रतियोगिता सेप्टेम्बर अक्टोबरमा गराउने भन्दै सबैलाई पत्राचार गरेको छ ।

अर्को महिना हुने भनिएको यो प्रतियोगिताको मिती सरेपछि नेपाली टिमको तयारी पनि स्थगित भएको छ । यहि प्रतियोगिताका लागि नेपाल भलिबल संघले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसलाई आइतबारबाट प्रशिक्षण सुरु गरेका पनि थिए ।

आइतबार विहान प्रशिक्षण सुरु गरेपनि प्रतियोगिताको मिति सर्ने भनिएपछि प्रतिक्षणपनि स्थगित हुने भएको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आयोजकले प्रतियोगिताको मिति प्राविधिक कारणले सरेको खबर आएपछि नेपाली टिमका प्रशिक्षणपनि अहिलेका लागि स्थगित गर्ने बताए ।

फागुनमा हुने भनिएको सेन्ट्रल जोन भलिबलका लागि नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई समावेश गरेका टिमको घोषणा गरेको थियो । जसमा दक्षिण एसियाली खेलकुद सागमा टिममा पर्न नसकेका पाँच खेलाडीलाई पनि यसपटक समावेश गरिएको छ । बाँकी १३ खेलाडी साग खेलेका खेलाडी छन ।

चोटका कारण सागमा टिमबाहिर रहेका मानबहादुरसंगै दिपकराज जोशी, नरेन्द्र गिरी, दुर्गा महतो र राजु शेरचनले टिममा स्थान बनाएका हुन ।

नेपालको सुरुवाती टिम

ईम राना कप्तान, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा,टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, राजु शेरचन, दुर्गा महतो, दिपक राज, दिपक राज जोशी, नरेन्द्र गिरी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal