समृद्धि र टाइम्सको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०१
  • |
  • 214 पटक हेरिएको

समृद्धि र टाइम्सले आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा समृद्धिले एलआरआईलाई ६३–५४ ले पराजित गर्‍यो । समृद्धिका खड्का गुरुङले २१ अंक जोडे । टाइम्सले गोल्डेनगेटलाई ८१–६९ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक नेपाल बास्केटबल संघले १३ औं साग सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएवापत सदस्य–सचिव सिलवाललाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको थियो । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिम सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey