साइपाल सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२९
  • |
  • 216 पटक हेरिएको

साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

सात टिम सहभागी नकआउट प्रतिस्पर्धामा साइपालले गोल्डेनगेटलाई ४९–२१ ले पराजित गर्‍यो । साइपालको जितमा प्रबिना गुरुङले १७ अंक योगदान गरिन् ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भइरहेको खेलकुद सप्ताहको बास्केटबलकै ब्वाइजमा काष्ठमण्डप, आइन्सटाइन, जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेटले जित हात पारे ।

इशान खड्काको १८ अंक सहयोगमा काष्ठमण्डपले ह्वाइटफिल्डलाई ३१–१५ ले हरायो । आइन्सटाइनले प्रिमियरलाई ३९–१६ ले पाखा लगायो ।

आइन्सटाइनका निर्मल मगरले १२ स्कोर गरे । जेभियरले ग्लेसियरलाई ४९–२३ ले पाखा लगायो । जेभियरका सोनाम शेर्पाले ११ अंक जोडे ।

हेराल्ड विरुद्धको खेलमा गोल्डेनगेट ३२–२२ ले विजयी भयो । गोल्डेनगेटका सन्जोक राउतले १० स्कोर गरे । ब्वाइजमा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey