‘ब्याटिङमा सुधार आवश्यक पर्‍यो’ : कप्तान मल्ल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२९
  • |
  • 372 पटक हेरिएको

काठमाडौं, २९ माघ । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिममा ब्याटिङ सुधार गर्नुपर्ने औंल्याएका छन् । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधबार अमेरिकालाई ८ विकेटले पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

सिरिजको लास्ट गेम, जसरी सुरुआत गरेका थियौं त्यसैगरी अन्त्य गर्न सफल भयौं । दोस्रो इनिङमा ब्याटिङ गर्न सजिलो पनि थियो । यो सिरिजबाट धेरै कुराहरु सिक्ने मौका पनि पाएका छौं । नयाँ नयाँ खेलाडीहरु पनि आएका छन् । उनीहरुको प्रदर्शन पनि उत्कृष्ट छ । टिमको कुरा गर्दा एक दिवसीय क्रिकेटमा अझ बढी गृहकार्य गर्न बाँकी छ । अमेरिकालाई हरायौं भने ओमानसँग पनि नजिक नजिक पुगेर हारेका छौं । जे होस आगामी दिनमा अझ राम्रो गर्न सकिन्छ ।
मेरै कुरा गर्दा मैले ब्याड जजमेन्टका कारण आउट हुन पुगे । सुवासको पनि अवस्था त्यस्तै हो । त्यो भन्दा पनि हामीलाई जितसँगको मतलब थियो । खेल चाँडै पनि सकियो । ३६ रनको टार्गेट चेस गर्दा चाँडै विकेट गएर फरक परेको जस्तो लागेन ।

हामीले ध्यान ब्याटिङमै दिने हो । ब्याटिङमा सानो सानो स्टार्टलाई कसरी ठूलो स्कोर बनाउने भन्नेमा केन्द्रीत हुन जरुरी छ । ओमानकै ब्याट्सम्यानबाट पनि हामी धेरै कुरा सिक्न पाएका छौं । उनीहरुले स्टार्ट पाइसके पछि गेम विल्डअप गर्दै सक्काउने तर्फ लागे । पहिलो कुरा हामीले ब्याटिङमा ध्यान दिँदै गेम कसरी फिनिस गर्ने भन्ने तर्फ केन्द्रीत हुनु पर्छ । बलिङको कुरा गर्दा राम्रो विकेटमा कसरी राम्रो ब्याट्सम्यानलाई बाँधेर राख्न सक्छौं त्यसमा ध्यान दिनुपर्छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey