एक दिवसीय क्रिकेटमा नेपालकाे दुर्लभ कीर्तिमान, अमेरिका ८ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२९
  • |
  • 180 पटक हेरिएको

अमेरीका विरुद्ध नेपालले दुर्लभ कीर्तिमान बनाएको छ । एकदिवसिय क्रिकेटमा कम ओभरमा पुरै खेल सक्ने विश्व कीर्तिमान नेपालले बनाएको छ । अमेरीका र नेपालको खेल कुल ओभरमा सकिएपछि पुरै खेल कम ओभरमा सक्ने कीर्तिमान बनेको हो ।

यसअघि सन् २००४ मा जिम्बावे र श्रीलंका विचको खेल २० ओभरमा सकिएको थियो । त्यो रेकर्डलाई नेपालले १७ ओभर दुई बलमा पुरा गर्दै तोड्न सफल भयो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालका सन्दिप लामिछाने र सुसान भारीको घातक बलिङका कारण अमेरीका मात्र ३५ रनमा अलआउट भयो । एकदिवसिय क्रिकेटमा अमेरीका थोरै रनमा अलआउट हुने दोस्रो टिम भएको छ । यसअघि सन् २००४ मा जिम्बावे पनि ३५ रनमा अलआउट भएको थियो । तर कम ओभर खेलेर थोरै रनमा अलआउट हुने अमेरीका पहिलो टिम भएको छ ।

नेपाल विरुद्ध अमेरीका १२ ओभरमा मात्र ३५ रनमा समेटियो । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको अमेरीका १० खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका जेभियर मार्सलले १६ रन बनाए । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् ।

जुन टिमका लागि सर्वाधिक स्कोर थियो । अमेरीकाको पारीलाई ध्वस्त पार्न सन्दिप लामिछानेले ६ विकेट लिए । एकदिवसिय क्रिकेटमा नेपाली बलरले पाँच विकेटको हल लिएको दोस्रो पटक हो । यसअघि सोमपाल कामीले यूएई विरुद्ध दुबईमा भएको एकदिवसिय खेलमा ३३ रनमा पाँच विकेट लिएका थिए । तर सन्दिपले ६ ओभरमा एक मेडेन राखेर १६ रनमा ६ विकेट लिए ।

जुन नेपाली बलरले एकदिवसिय क्रिकेटमा लिएको उत्कृष्ट बलिङ फिगर हो । यस्तै सुसान भारीले तीन ओभरमा एक मेडेन सहित पाँच रन दिएर चार विकेट लिए । नेपालले आजको एकै पारीमा दुई वटा रेकर्ड बनाएको छ । एउटा अमेरीकालाई कम स्कोरमा रोक्ने, थोरै ओभरमा विपक्षीको पारी समाप्त गर्ने रहेको छ । जवाफमा नेपालले ओभरमा विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

नेपालले सुरुवात भने राम्रो गर्न सकेन । एक रनमा कप्तान ज्ञानेन्द्र मल्ल आउट हुँदा नेपालको स्कोर एक रन थियो । त्यसपछि सुवास खकुरेलपनि खाता खोलन नपाउँदै नेपालले दुई रनमा दुई विकेट गुमायो । तर त्यसपछि पारस खड्का र दिपेन्द्र ऐरीले नेपाललाई जित दिलाए । पारस २० तथा दीपेन्द्र १५ रनमा नट आउट रहे । जितसँगै नेपालले अंक तालिकामा चार अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey