हाइली क्रिएटिभ क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२८
  • |
  • 267 पटक हेरिएको

हाइली क्रिएटिभ पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हाइलीले टाइमलाइनलाई २–१ गोलले पराजित ग¥यो । त्यस्तै नेपाल तारा र न्यु स्टार पोलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल ताराले डिफेन्डिङ च्याम्पियन श्रमशील विद्यापीठलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । न्यु स्टारले एकलब्यमाथि २–० को जित दर्ता ग¥यो । न्यु स्टारका राजन आचार्य र मुस्कान तामाङले गोल गरे ।

अन्य खेलमा जित हात पार्दै आयोजक अर्किड र हाइल्यान्ड प्रिक्वाटरफाइनल पुगे । अर्किडले अक्षरिकालाई १–० गोलले पाखा लगाउदा श्रृजन कार्कीले निर्णायक गोल गरे । हाइल्यान्डले गेट्वे एकेडेमीलाई टाइब्रेकरमा ३–१ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey