महामञ्जुश्री, एचएचसीए र सेबलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२६
  • |
  • 405 पटक हेरिएको

महामञ्जुश्री, एचएचसीए र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । महामञ्जुश्री सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र सेब जुनियर ब्वाइजमा च्याम्पियन बने ।

पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा महामञ्जुश्रीले सेबलाई ५४–४६ ले पराजित गर्‍यो । महामञ्जुश्रीको जितमा सुजन मोक्तानले १४ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा अनिता सुनुवराको १७ अंक सहयोगमा एचएचसीएले सिद्धार्थ बनस्थलीलाई ३३–२० ले हरायो । जुनियर ब्वाइजको फाइनलमा सेबले ग्रिनफिल्डको चुनौती २८–१७ ले समाप्त पा¥यो । सेबका कृपाल महर्जनले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमा महामञ्जुश्रीका सुजन मोक्तान, सिनियर गल्र्समा एचएचसीएकी अनिता सुनुवार र जुनियर ब्वाइजमा सेबका कृपाल महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा न्यु बुद्ध प्रकाश, सिनियर गल्र्समा बाल श्रृजनालय र जुनियर ब्वाइजमा मंगलदीपले अनुशासित टिमको उपाधि हात पारे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal