नेक्ससलाई फिजम कपकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२६
  • |
  • 249 पटक हेरिएको

नेक्सस इन्टरनेसनल एकेडेमीले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको  छ ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा नेक्ससले डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुललाई २–१ गोलले पराजित गर्‍याे । नेक्ससका दिपेन कट्वाल र किरण चन्दले १–१ गोल गरे । ग्लोबलका सुशिल कार्कीले १ गोल फर्काए ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेक्ससका दिपेन कट्वाल सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

दिपेन प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि बने । उनले प्रतियोगिताभर ९ गोल गरे । ग्लोबलका सुशान्त भण्डारी उत्कृष्ट गोलरक्षक तथा नेक्ससका शिव आले मगर उत्कृष्ट मिडफिल्डर चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, फिजमका अध्यक्ष आरबी कट्वाल, सचिव देवीप्रसाद डोटेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १२ गतेदेखि सुरु नकआउट प्रतियोगितामा २१ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal