काेपिला उप्रेतीकाे खेल जीवनबाट सन्यास

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२५
  • |
  • 531 पटक हेरिएको

नेपाली महिला राष्ट्रिय खेलाडी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिएकी छिन । दक्षिण एसियाली खेलकुद सागकी कास्य पदक विजेता खेलाडी काेपिलाले एनभिए अवार्डबाट सन्यासकाे घाेषणा गरिन ।

कोपिला नेपाली महिला भलिबल टोलीले दशौं र १२ औं संस्करणमा कास्य पदक जित्दा टिमकी सदस्य थिइन् । मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा भने उनी बीच भलिबल टोलीमा थिइन् । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएपनि घरेलु भलिबलमा भने अझै केहि समय बिताउने उनले बताइन । झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट भलिबल खेलेकी काेपीलाले भलिबलबाट अलग भने हुन नसक्ने सन्यास लिने बेला बताइन ।

सन् २००६ देखि २०१९ को अन्तिम सम्म पनि उनी राष्ट्रिय टोलीकी सदस्य रहिन् । पाँचथर सुबाङको सामान्य परिवारमा २०३८ सालमा जन्मेकी कोपिलाले २२ वर्षको उमेरमा भलिबल खेल्न सुरु गरेकी थिइन् । उनलाइ नेपाल भलिबल संघले ५० हजार रूपैयाँबाट सम्मान गरेकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey