अमेरीकाविरूद्ध आफ्नो साख कायम राख्ने लक्ष्यमा नेपाल (हेड टु हेडसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२५
  • |
  • 209 पटक हेरिएको

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालले आज अमेरीका विरुद्ध खेल्दैछ । यो खेल नेपालका लागि प्रतिण्ठासँग जोडिएको खेलपनि रहेको छ । यो प्रतियोगितामा सबै भन्दा रमाईलो खेलका रुपमा हेरिएको अमेरीका र नेपालको खेल सबै दर्शकले कुरेर बसेका छन ।

सन् २०१० पछि पहिलो पटक नेपाली भूमीमा खेल्न आएको अमेरीका पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । नेपाल पनि ओमानसँग नै १८ रनल हारेको थियो । नेपालको कमजोर ब्याटिङ हुँदा पहिलो खेलमा हार भोग्न बाध्य भएको थियो । अब नेपालले शनिबार अमेरीका विरुद्धको खेलमा जित निकाल्दै फेरी कमब्याक गर्ने योजनामा रहेको छ ।

एसोसियट क्रिकेटमा नेपाल र अमेरीका चिरप्रतिद्धन्द्धी हुन । सन् २००८ देखि विभिन्न प्रतियोगितामा खेल्दै आएका नेपाल र अमेरीकामा पल्ला भारी नेपालको रहेको छ । कुनैपनि प्रतियोगितामा अघिल्लो चरणमा पुग्न नेपालले धेरैजसो प्रतियोगितामा अमेरीकालाई सिकार बनाएको छ ।

सन् २०१० मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ मा कीर्तिपुर मैदानमा नै सफलता हात पारेर डिभिजन चारमा उक्लिएको थियो । सो प्रतियोगितामा फाइनलमा नेपालसँग ५ विकेटले पराजित भएपछि सिंगापुर भन्दा रनरेटमा अगाडी रहँदै उसले डिभिजन चारमा स्थान बनायो ।
त्यसपछि अमेरीकी क्रिकेट टिममा ठुलो उताडचडाव आयो ।

अमेरीकामा क्रिकेट खासै महत्वको खेल नहुँदापनि विभिन्न देशबाट आप्रवासीका रुपमा भित्रिएका क्रिकेट प्रेमीको लगाव र केहि सरकारी पक्षको सहयोगमा अमेरीकामा क्रिकेट बोर्डले निरन्तर काम गर्न थाल्यो । डिभिजन चारमा उक्लिएपछि २०१० मा नै भएको डिभिजन थ्रीमा इटलीलाई हराउँदै डिभिजन ३ मा पुग्यो । तर २०११ मा भएको डिभिजन थ्री मा पुछारमा रहदै फेरी डिभिजन चारमा नै पुग्यो । सो बेला नेपाल तालिकाको तेस्रो स्थानमा रहेको थियो ।

२०१२ मा भएको डिभिजन चारमा नेपाल र अमेरीकाले डिभिजन चार खेलेका थिए । जसमा नेपाल विजेता बन्दा अमेरीका दोस्रो भएको थियो । त्यसपछि फेरी नेपाल र अमेरीका २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा खेल्दा नेपाल च्याम्पियन भएर डिभिजन दुई मा उक्लियो । तर अमेरीका भने डिभिजन तीनमा नै रह्यो । सो प्रतियोगितामा अमेरीका तेस्रो भएको थियो ।

२०१४ मा भएको डिभिजन थ्री मा भने अमेरीका फेरी रेलिगेट भएर डिभिजन चारमा नै पुग्यो । २०१५ मा जुन २६ तारिखमा अमेरीकी क्रिकेट आइसीसीको प्रतिबन्धमा पर्यो । तर बोर्ड प्रतिबन्धमा परेपनि खेलाडीलाई खेल्न पाउने अधिकार आइसीसीले दियो । यहि अवस्था नेपालका लागि पनि लागु भएको थियो । नेपाल क्रिकेट संघ प्रतिबन्धमा पर्दा राष्ट्रिय खेलाडीले भने खेल्न पाएका थिए ।

२०१६ मा भएको डिभिजन चार मा अमेरीका दोस्रो स्थानमा रहदै थ्री मा उक्लियो । तर सो प्रतियोगितामा तेस्रो भएपछि न घटुवा भयो न बटुवा भयो । यो बेलासम्म नेपाली क्रिकेट टिम डिभिजन दुईमा पुगेर आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको थियो ।

२०१७ मा अमेरीकी क्रिकेटमा नयाँ कार्यसमिती गठन भयो । जसका कारण यूएसए क्रिकेट भनेर बोर्ड गठन भयो । जुसलाई आइसीसीले नयाँ सदस्यता प्रदान गर्यो ।

२०१८ मा अमेरीका विश्व क्रिकेट लिग दुईमा बुढवा भयो । सिंगापुरमा भएको प्रतियोगितामा उसले ऐतिहासिक सफलता हात पार्यो । यसपटक अमेरीकी क्रिकेट टिमको प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके रहेका थिए । नेपाललाई ऐतिहासिक सफलता दिलाएका पुबुदुले अमेरीकालाई पनि नयाँ उचाईमा पुर्याए । डिभिजन दुई मा शिर्ष चारमा रहेपछि अमेरीकाले विश्वकप क्रिकेट लिग दुई खेल्ने मौका पायो ।
जुन २०२२ को विश्वकप क्रिकेटको छनोटको ढोका खोल्नेछ । यसैका लागि अमेरीका पुरानो रणमूभीमा खेल्न आउँदैछ ।

यसअघिको अमेरीकी टिम र अहिलेकोमा निकै भिन्नता छ । यसपटक अमेरीकी टिममा अष्ट्रेलिया, इंग्ल्याण्ड, वेष्ट इन्डिजका खेलाडीको बाहुल्यता रहेको छ । उसले अहिलेसम्म खेलेका आठ खेलमा अमेरीकाका मुख्यगरि दुई खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । जसमा आरोन जोन्स र मोनांक पटेल रहेका छन । यी दुई खेलाडी जारी प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्ष १० मा रहेका छन । जोन्स दोस्रो स्थानमा छन भने पटेल आठौं स्थानमा छन ।

नेपाली भूमीमा पनि राम्रो नतिजाको अपेक्षा गरिरहेको अमेरीकी टिम मुख्य गरि चार खेलाडीमा भर परेको छ । हाल अभ्यासका लागि भारतमा रहेको अमेरीकी टिम ब्याटिङमा त्यस्तो बलियो देखिएको छैन । कीर्तिपुर मैदानमा पनि अमेरीकालाई खेल्न त्यति सजिलो भने हुने छैन ।

यसपटक टिममा रहेका रोस्टी थोरनले नेपाली टिमसँग खेलिसकेका खेलाडी हुन । पारस खड्का सहितका ६ खेलाडी अमेरीकामा टु एक्स क्रिकेट खेल्न जाँदा थोरनपनि नेपाली राइनोज टिमबाट खेलिसकेका छन । उनी एक विस्फोटक ब्याट्सम्यानका रुपमा रहेका छन । ब्याटिङलाइनअपको अन्तिम तिर आउने उनी टिमले चाहेको बेला विस्फोटक पारी खेल्न सक्छन ।

नेपाल र अमेरीका ५० ओभरमा २००८ देखिका प्रतिद्धन्द्धी हुन । नेपाल र अमेरीकाको ५० ओभरको हेड टु हेड यस्तो छ ।

सन् २००८ डिभिजन ५

दुई खेल नो रिजल्ट

तेस्रो खेलमा नेपाल ९६ रनले विजयी

नेपाल १८९
अमेरीका ९३ मा अलआउट

२०१० डिभिजन ५

अमेरीका ५ विकेटले विजयी
नेपाल १६२ नौ
अमेरीका १५९ पाँच
दर्शकको अवरोध

सोहि प्रतियोगिताको फाइनल

अमेरीका १७२ अलआउट
नेपाल १७५ पाँच विकेट
नेपाल ५ विकेटले विजयी

२०१२ डिभिजन ४

नेपाल ३२ रनले विजयी
नेपाल २५८ मा आठ विकेट
अमेरीका २२६ अलआउट

सोहि प्रतियोगिताको फाइनल

नेपाल ८ विकेटले विजयी
अमेरीका १४५ मा अलआउट
नेपाल १४७ मा दुई विकेट

२०१३ डिभिजन ३

अमेरीका ९४ रनले विजयी
अमेरकिा ३६६ पाँच विकेट
नेपाल २७२ अलआउट

२०१४ डिभिजन ३

नो रिजल्ट
अमेरीका २०४ अलआउट
बर्षाले रद्द

अर्को खेलमा नेपाल डी एल मा १० रनले विजयी

अमेरीका २२३ नौ विकेट
नेपाल ७३ मा एक विकेट
बर्षाले खेल २२ ओभरमा झारिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal