अमेरीकाविरूद्ध जित नै लक्ष्य, शरदकाे स्थानमा २ वटा बिकल्प छ टिममा-ज्ञानेन्द्र मल्ल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२४
  • |
  • 153 पटक हेरिएको

नेपालले पहिलाे खेलमा अाेमानसँग पराजित भएपछि अब अमेरीका विरूद्ध कस्ताे खेल्छ भन्ने चासाे धेरैकाे रहेकाे छ । नेपाल र अमेरीका सन् २०१० पछि कीर्तिपुर मैदानमा खेल्दैछन । याे खेल अगाडी नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरीका विरूद्ध जितका लागि नै उत्रने बताए ।

भोलीको युएसए सँगको खेल नेपालले कसरी खेल्छ ?

अघिल्लो खेलमा हामी साना साना गल्तिहरु गरेर चुक्यौँ,अब त्यो साना गल्तिहरुलाई कसरी कम गर्ने भन्ने कुरा मुख्य कुरा रह्यो । युएसएको टिमलाई हेरेर हामी त्यही अनुसारको योजना बनाइरहेका छौ । अब चै आडिआइमा जितबाट शुरु गर्ने भन्ने योजना छ ।

भोलीको खेलमा ओपनिङमा पहिलेकै खेलाडी हुन्छन् वा परिवर्तन हुन्छ ?

पारस र म एउटा कर्तव्यको हिसाबले हामी सिनियर खेलाडी हौँ र सबैको जिम्मेवारी हामी लिन्छौँ, गत खेलमा १०–१५ ओभर हामी टिकेका भए खेलको तरिका नै परिवर्तन हुन्थ्यो । गल्तिलाई सुधार्ने हो, ओपनिङ नै पििरवर्तन गर्नुपर्छ भन्ने छैन । हामी दुबैले टिकेर खेल्यौँ भने टिमलाई जित दिलाउन सक्छौ जस्तो लाग्छ ।

भोलीको टिममा केही परिवर्तन हुन्छ ?

परिवर्तन हुन सक्छ उनीहरुको अवस्था हेरेर हामी अरु स्पिनरहरुलाई ल्याउन पनि सक्छौँ । अलराउन्डर पनि ल्याउन सक्छौँ । हामी उनीहरुको कमजोरी हेरेर परिवर्तन गछौँ ।

अमेरिकालाई ओमानले हरायो, उनीहरुको खेललाई हामी कसरी लिन सक्छौँ ?

सिरीजका ७ वटा टिमलाई खेलबारे सबैकुरा थाहा छ । यहाँ जितका लागि सबै टिमले राम्रो खेल्नैपर्छ । अमेरिकासँगको सकारात्मक इतिहास पनि छ त्यसले टिमलाई बल पैदा गर्छ । तर खासमा दुबै टिममा परिवर्तन छ । हामी लामो समयपछि खेल्दैछौँ दुबै टिम माथिल्लो स्तरमा खेलिरहेका छौँ र केही परिवर्तन पक्कै होलाजस्तो लाग्छ ।

अमेरिका र अर्काे टिमसँग खेल्दा कस्तो अनुभव हुन्छ ?

त्यो समयमा भन्दा अहिले निकै फरक छ जहाँ हामी लिगमा छौँ र त्यो समय र अहिलेको अनुभव केही परिवर्तित हो । सरद भेष्वाकर घाइते भनेको सुनियो,शरद टिममा नहुनुले कस्तो असर गर्छ ? त्यो कुरा आधिकारिक रुपमा आएको छैन । शरद भेष्वाकर भएन भने टिमलाई केही असर पर्छ जस्तो लाग्छ । हाम्रो वैकल्पिक मा सुवास खकुरेल पवन शराफ छन् र त्यसमा पनि निर्णय लिन बाँकी छ ।

सुवास खकुरेल टिममा फर्किए भने ओपनर हुन सक्ने सम्भावना छ ?

एकदमै उनी सिनियर खेलाडी पनि हुन् । पहिलेदेखि ओपनिङ गर्दै आएका छन् । उनले गरेनन् भने पवन शराफ पनि ओपनिङ गर्न सक्छन् ।
हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal