ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिस र डायमन्ड विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२३
  • |
  • 201 पटक हेरिएको

काठमाडौं, २३ माघ । विभागीय नेपाल पुलिस क्लब र होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको पहिलो लेगमा विजयी भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवत टाइग्रेसमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो ।

एकपक्षीय खेलमा पुलिसले चितवनमाथि २५–१५, २५–१४ र २५–१४ को सहज जित निकाल्यो । पुलिसको यो सातौ जित हो । जितसँगै पुलिसले शीर्षस्थानको नेपाल एपिएफ क्लबसँगको अंक दुरी १ मा झारेको छ । शीर्षस्थानको एपिएफको २३ तथा पुलिसको २२ अंक छ । न्यु डायमन्डले चितवनमाथि नै ३–० को सोझो सेटमा जित निकाल्यो । एकपक्षीय खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ को सेटमा विजयी भयो । जितसँगै डायमन्ड ७ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा छ ।  बिहीबार दोहोरो हार बेहोरेको चितवन ७ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबमाथि २५–१३, २५–१२ र २५–१० को सहज जित निकालेको छ । आर्मी १८ अंकसहित तेस्रो स्थानमा छ ।

चुलीले लिगमा पहिलो जित हात पार्ने क्रममा सामाखुशी इंग्लिस स्कुल (सेव) माथि ३–२ को रोमाञ्चक जित निकालेको छ । चुलीले सेवमाथि २५–७, २०–२५, २५–११, १७–२५ र १५–६ को जित निकाल्यो । यससँगै चुलीको २ तथा सेवको १ अंक जोडेको छ । अर्काे खेलमा बुलबुले रारा भलिबल क्लब (बीआरसी) ले आयोजक ढोरपाटनमाथि २५–१७, २५–९ र २५–१९ को सहज जित हात पारेको छ । बीआरसी १४ अंक जोडेर पाँचौ तथा सेव ढोरपाटन ९ अंक जोडेर साँतौ स्थानमा छ ।

प्रतियोगितामा शुक्रबार चार खेल हुने आयोजकले जनाएको छ । लाइट प्रोटेस्टका कारण डायमन्ड र बुलबुलेबीचको खेल शनिबार हुने आयोजकले जनाएको छ । शनिबार देखि नै दोस्रो लिगको खेल शुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey