फिना टेक्निकल अफिसियल क्लिनिक सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२२
  • |
  • 675 पटक हेरिएको

नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा बुधबारदेखि फिना टेक्निकल अफिसियल क्लिनिक सुरु भएको छ ।

प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको क्लिनिकमा पुराना र नयाँ गरि ५५ जना प्राविधिक निर्णायकहरुले सहभागिता जनाईरहेका छन् । पुराना खेलाडी, प्रशिक्षक तथा पौडी संग सम्वन्धित ब्यक्तिहरुले क्लिनिकमा सहभागिता जनाईरहेका छन् ।

यस्तै पुराना निर्णायकहरुले पनि क्लिनिकमा पुनर्ताजगीका लागि सहभागिता जनाई रहेका छन् । प्रशिक्षकहरुले फिनाको नियमहरुका बारेमा जानकारी हासिल गरेको खण्डमा खेलाडीहरुलाइ दक्षता प्रदान गर्न सहयोग पुग्ने क्लिनिकमा सहभागि प्रशिक्षकले जनाएका छन् ।

क्लिनिकमा सहभागिहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियन नागरिक रायन आर्विस्टरले तीन दिन सम्म प्रशिक्षण प्रदान गर्ने छन् ।
कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले एक कार्यक्रमविच उद्घाटनन गरे ।

नेपालमा हाल सम्म भएका १९७९ मा पहिलो पटक आयोजना भएको क्लिनिक यस क्लिनिक सम्म आई पुग्दा छैटौं क्लिनिकको रुपम संचालन भई रहेको छ । हाल सम्म पौडी संघले फिना, एशियन र राष्ट्रिय गरि १८९ प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey