एक दिवसीय क्रिकेटमा ओमानसँग नेपाल १८ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२२
  • |
  • 187 पटक हेरिएको

काठमाडौं, २२ माघ ।  ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सवै विकेट गुमाउँद १७९ रनमा समेटिन पुग्यो ।

नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारि खेलेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३६ रन बनाउँदा लेगस्पिनर सन्दीप लामिछानेले २८ रन जोडे । विकेटकिपर विनोद भण्डारीले २६ रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

 शुरुमै ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । चौथो विकेटको रुपमा आरिफ शेख र पाँचौं विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । यसैगरी छैटौं विकेटको रुपमा विनोद भण्डारी पेभेलियन फर्किदा सातौं विकेटको रुपमा करण केसी र आठौं विकेटको रुपमा शरद भेषावकर आउट भए । नवौं विकेटको रुपमा सन्दीप लामिछाने आउट भए भने अन्ति विकेटको रुपमा अविनाश बोहोरा पेभेलियन फर्किएका थिए ।

 नेपालका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न आएका थिए । टिमको स्कोर ४ रन हुँदा नेपालक कप्तान मल्ल व्यक्तिगत एक रन बनाएर आउट भएका थिए । १२ बल फेस गरेका मल्लले १ रन बनाएका हुन् । चार रनकै स्कोरमा दोस्रो विकेट पनि नेपालले गुमायो । दोस्रो विकेटको रुपमा ३ रन बनाएर पारस खड्का आउट भएका हुन् । पारसले १४ बलमा ३ रन बनाएका हुन् ।

दीपेन्द्र र शरद मिलेर नेपालको स्कोर अघि बढाएका थिए । २०.३ ओभरमा ६६ रन हुँदा दीपेन्द्र आउट भएका हुन् । दीपेन्द्र व्यक्तिगत ३६ रन बनाएर पेभेलियन फर्किए । उनले ५७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका आरिफ शेख पनि धेरै बेर टिक्न सकेनन् । आरिफ ६ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७३ रन पुगेको थियो । पाँचौं विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमायो । पौडेलले खाता नै नखोली पेभेलियन फर्किएका छन् । नेपालका लागि शरद र विनोद भण्डारीले स्कोर अघि बढाउँदै १०० रन कटाएका थिए । तर ३३.१ ओभरमा नेपालले १६६ रनको स्कोरमा छैटौं विकेट गुमाउन पुग्यो ।

नेपालका सेट भइसकेका ब्याट्सम्यान विनोद आउट हुन पुगे । उनी  व्यक्तिगत २६ रनमा आउट भएका हुन् । विनोदले २५ बलमा २ चौका र एक छक्का प्रहार गरे । क्रिजमा आएका करण केसी खाता नै नखोली आउट भएपछि नेपालले १२४ रन हुँदा सातौं विकेट गुमायो ।  अहिले शरद र सन्दीप लामिछाने क्रिजमा छन् । शरदले ३८ औं ओभरमा अर्धशतक पुरा गरे । शरद भेषवाकर ५५ रन बनाउँदै आउट भएपछि नेपालले आठौं विकेट गुमायो । शरद १०८ बल खेल्दै ५५ रन बनाएर आउट भएका हुन् । नवौं विकेटको रुपमा सन्दीप लामिछाने आउट हुन पुगे । २७ बलमा २८ रन बनाउँदै नेपालको आशा कायमै राखेका सन्दीप आउट भएसँगै खेल हेर्न कीर्तिपुर पुगेका दर्शकहरु पनि निराश भएका थिए । सन्दीपले १ छक्का र तीन चौका प्रहार गरेका थिए । अन्तिम विकेटको रुपमा अविनाश बोहोरा आउट हुँदा नेपालको स्कोर १७९ रन रहेको थियो ।

ओमानको जिसन मक्सुदले तीन तथा कलिमुल्लाहले २ विकेट लिए  ।

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो ।  ओमानका जीतेन्दर सिंह र खवर अली ओपनिङका लागि आएका थिए । जीतेन्दरले पहिलो ओभरको अन्तिम बलमा आफ्नो विकेट करण केसीलाई सुम्पिए । सुरुका तीन बल डट राखेका करणले चौथो बलमा चौका खाए । पाँचौं बल डट राखे भने अन्तिम बलमा करणले जितेन्दरलाई पेभेलियन फर्काउन सफल भए । जितेन्दर ४ रनमा आउट भएका हुन् ।

त्यसपछि क्रिजमा आएका अकिब इलियस र खवर अलीले ओमानको पारि अघि बढाउन खोजे पनि फेरि करण नै बाधक बने । करणले खवरलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए । खवर व्यक्तिगत ५ रन बनाएर आउट हुँदा ओमानको स्कोर १९ रन रहेको थियो ।

तेस्रो सफलता भने नेपालले रन आउट मार्फत हात पार्यो । यही सिरिजमा डेव्यु गरेका अविनाश बोहोराको बलिङमा दीपेन्द्र ऐरीले अक्वि इलियसलाई रन आउट बनाए । इलियस १६ रन बनाएर आउट भएका हुन् । चौथो र पाँचौं सफलता भने नेपालले एकै ओभरमा प्राप्त गरेको थियो । यो सिरिजमा डेव्यु गरेका अर्का खेलाडी सुशन भारीले दिलाए । नेपाललाई चौथो सफलता दिलाउने क्रममा सुसनले ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे । मक्सुद २० रन बनाएर भारीको बलमा एलबी डब्ल्यूको धरापमा परे । त्यस लगत्तै क्रिजमा आएका नेपाली मुलका ओमानका खेलाडी सुरज कुमार पनि खाता नै नखोली भारीकै बलमा आउट भए । उनलाई नेपालका कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गर्दै पाँचौं सफलता दिलाए । छैटौं सफलता पनि सुशनको बलिङमा नेपालले हात पारेको थियो ।

५७ रन हुँदा पाँचौं सफलता हात पारेको नेपालले छैटौं सफलता हात पार्न भने केही कुर्नु परेको थियो । ओमानका मोहम्मद नदीम र सन्दीप गौडले ६१ रनको साझेदारी गर्दै १०० रन कटाएका थिए । ओमानको स्कोर ११८ रन हुँदा भारीले सन्दीप गौदलाई आउट गरे । सन्दीप ३३ रन बनाएर आउट भएका हुन् । सातौं सफलता दीपेन्द्रसिंह ऐरीले दिलाए । ऐरीले बादल सिंहलाई ५ रनमा पभेलियन पठाएका थिए । ४१.४ ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको ओमानले त्यसपछि आक्रामक रन बनाउँदै १५० रन कटाएको थियो । करणले व्यक्तिगत तेस्रो सफलता हात पार्दा नेपालले आठौं विकेट लिएको थियो । १६६ रन हुँदा ओमानले नसिम खुसीको विकेट गुमाउन पुग्यो । नसिम २८ रन बनाएका बेला करणको बलमा शरद भेषावकरको क्याच आउट भए । नवौं विकेट पनि करणले दिलाए । करणले कलिमुल्लाहलाई विनोद भण्डारीबाट आउट गराएका हुन् । उनी १ रन बनाएर आउट भए । अन्तिमसम्म टिकेकका मोहम्मद नदीमले भने अर्धशतकीय पारि खेले । उनी ६७ रनमा नट आउट रहँदा विलाल खान पनि ८ रनमा अविजित रहे ।

बलिङमा कसको प्रदर्शन कस्तो?

नेपालका लागि ६ जना बलरले बलिङ गरेका छन् । ओपनिङ बलिङ करण केसीले गरेका थिए । उनले ९ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४७ रन खर्चिदा उनको नाममा ४ विकेट रह्यो ।

दोस्रो बलरको रुपमा अविनाश बोहोराले बलिङ गरे । उनले आजकै खेलमा डेव्यु गरेका हुन् । अबिनाशले ९ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ३८ रन दिए ।

तेस्रो बलरको रुपमा सन्दीप लामिछाने आएका थिए । लामिछानेले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४५ रन खर्चिए । उनी विकेट विहीन बने ।

चौथो बलरको रुपमा पारस खड्काले बलिङ गरेका थिए । उनले ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ३० रन दिए ।

पाँचौं बलरको रुपमा आजै डेब्यु गरेका सुशन भारी प्रयोग भएका थिए । उनको डेब्यु भने शानदार रह्यो । पहिलो खेलमै उनले १० ओभरको स्पेल पुरा गरे भने १ ओभर मेडन राख्दै महत्वपूर्ण तीन विकेट लिए । छैटौं बलरको रुपमा दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए । ऐरीको नाममा एक विकेट रह्यो भने एउटा रन आउटमा महत्वपूर्ण योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey