महिला भलिबलको सफलता, पहिलो पटक शीर्ष सयमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२२
  • |
  • 329 पटक हेरिएको

महिला भलिबलको विश्व वरियतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासंघले सार्वजनिक गरेको यस वर्षको वरियता क्रममा नेपाल ८७औं स्थानमा उक्लिएको छ । वरियता क्रममा नेपालको ५७ अंक छ । वरियता क्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा चीन छ । ३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहँदा ३८२ अंक सहित अमेरिका दोस्रो स्थानमा, ३२८ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

पूरा वरियता क्रमका लागि यहाँ क्लीक गर्नुहोस

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey