इनोभेटिभको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२१
  • |
  • 192 पटक हेरिएको

काठमाडौं । आयोजक इनोभेटिभ इङलिस स्कुलले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार दोहोरो जित हात पारेको छ ।

बुद्धनगरस्थित घरेलु कोर्टमा भएको उद्घाटन खेलमा इनोभेटिभले स्वप्न वाटिका एकेडेमीलाई २३–१० ले पराजित ग¥यो । इनोभेटिभकी सोभ्य महर्जनले ६ अंक जोडिन् । अर्को खेलमा इनोभेटिभले रेडिअन्टलाई २२–१६ ले हरायो । इनोभेटिभकी रुजना डंगोलले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा इनोभेटिभ र ह्वाइट हेभेन विजयी भए । इनोभेटिभले हिमालीमाथि ६३–४२ को जित दर्ता ग¥यो । इनोभेटिभका रेनिश खड्काले १९ अंक जोडे । ह्वाइट हेभेनले एस्फोडेललाई ३४–२४ ले पाखा लगायो । ह्वाइट हेभेनका निगम राना मगरले १४ स्कोर गरे ।

प्रतियोगिताको पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रविन्द्र महर्जन र आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा ८ टिम सहभागी छन् । फाइनल माघ २७ गते हुने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal