सीसीआरसी क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१९
  • |
  • 342 पटक हेरिएको

काठमाडौं, १९ माघ  । सीसीआरसी १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा सीसीआरसीले ह्वाइटहाउसलाई ५५–३६ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे । पराजयका बावजुद ह्वाइटहाउस पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । न्यु जेनिथले रोजबडलाई ४८–४७ को झीनो अन्तरले हराउदै क्वाटरफाइनलमा पुग्यो । न्यु जेनिथका संकित शाहीले २० स्कोर गरे ।
क्वाटरफाइनल सीसीआरसी र गोल्डेनगेट, आयोजक ज्ञान निकेतन र ह्वाइटहाउस, जेभियर इन्टरनेसनल कलेज र इन्साइट भिजन तथा मोर्गन र न्यु जेनिथबीच हुने छ ।
स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतनले हिमालयलाई ४९–३२, नेरिकले केएमसीलाई ४०–२७, पुष्प सदनले काठमाडौं जेभियरलाई ४१–२६ र इनोभेटिभले नव ज्योतिलाई ५३–२८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ज्ञान निकेतनका विवेक यादवले १४, नेरिकका निरज खत्रीले १२, पुष्प सदनका सन्सुर बोहराले २० र इनोभेटिभका प्रशान्त केसीले १५ स्कोर गरे । सेमिफाइनलमा ज्ञान निकेतनको भेट इनोभेटिभसंग हुने छ भने नेरिकले पुष्प सदन विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey