पुलिसमाथि आर्मीले राेमाञ्चक जित निकाल्दै शिर्ष स्थानमा फर्कियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१९
  • |
  • 186 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लवलाई हराउँदै त्रिभुवन आर्मी फेरी शिर्ष स्थानमा फर्किएको छ । आज भएको खेलमा आर्मीले पुलिसलाई चार दुई गोल अन्तरले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसले दुई पटकको अग्रता जोगाउन सकेन । खेलको छैटौं मिनेटमा पुलिसका निरकुमार राईको सशक्त फ्रिकिक प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बताए ।

आठौं मिनेटमा सौजन राईको प्रहार क्रसबार नजिकैबाट बाहिरीयो । २० औं मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । निरकुमार राईको फ्रिकिकलाई बुद्ध तामाङले हेड मार्फत गोल गरे ।

२४ औं मिनेटमा आर्मीका भरत खवासको प्रहारलाई पुलिसका गोलकिपरले बचाए । २७ औं मिनेटमा आर्मीका विकाश तामाङको प्रयास पनि पोष्टमा रहन सकेन ।

३४ औं मिनेटमा आर्मीले खेल बराबरी गर्न सफल भयो । सन्तोष तामाङको फ्रिकिकमा सुमन अर्यालले हेडर गोल गर्न सफल भए । त्यसपछि ४४ औं मिनेटमा भरत खवासको प्रहार पोष्ट नजिकैबाट बाहिरीएपछि आर्मीले अग्रता लिने मौका गुमायो ।

त्यसपछि ५८ औं मिनेटमा पुलिसले फेरी अग्रता बनायो । यसपटक निरकुमार राईको फ्रिकिकमा मानबहादुर परियारले उत्कृष्ट हेड गोल गरे । त्यसपछि आर्मीले बराबरी गर्ने अर्को मौका पाएको थियो । सेसेहाङको पासमा भरत खवासले गरेको हेडको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

७७ औं मिनेटमा आर्मीले खेल दुई दुई गोलको अवस्थामा पुर्यायो । विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले गोल गर्न सफल भए । ७९ औं मिनेटमा भरत खवासको कर्नर बल सुमन अर्यालको खुट्टामा लागेर फ्लिक हुँदा नवयुगले गोल गर्न असफल भए ।

तर ८५ औं मिनेटमा आर्मीले अग्रता बनायो । यसपटक उसका लागि नवयुग श्रेष्ठले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
खेलको ८९ औं मिनेटमा आर्मीले चौथो गोल गर्यो । यसपटक उसका लागि सुदिल राईले गोल गरे ।

जितसँगै आर्मीले १० खेलमा २३ अंक बनाएको छ । लिगमा उसका यो आठौं जित हो । उसले मच्छिन्द्रलाई एक अंकले पछि पारेको छ । यो हारपछि पुलिसको १० खेलमा १४ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey