त्रिकाेणात्मक सिरीजका लागि कीर्तिपुर मैदानकाे काम अन्तिम चरणमा (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१७
  • |
  • 375 पटक हेरिएको

नेपालमा करिव साढे दुई बर्षपछि आयोजना हुन लागेको एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि यति बेला कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईका लागि नेपाल क्रिकेट संघ क्यानले मैदानको स्तउन्नतीको काम गरिरहेको छ । दुई महिना अगाडीबाट मैदानको काम सुरु गरेको भएपनि प्रतियोगिता आउन एक साता भन्दापनि कम समय बाँकी रहेका बेला सम्पन्न भएको छैन ।
मैदानमा पिचको मर्मत गरिएको छ भने भिआइपीका लागि नयाँ संरचना थपिएको छ ।

निलम्बन फुकुवा भएपछि पहिलो जिम्मेवारी पाएको क्यान यतिबेला यसलाई कसरी हुन्छ भब्य बनाउने सोचमा छ । यो प्रतियोगिताका लागि आइसीसीले पनि करिव ९० लाख रुपैयाँ प्रदान गरेको छ ।

क्यानले यसलाई आफ्नो साखका रुपमा पनि हेरेको छ । जसका कारण कसरी हुन्छ, भब्य बनाउने सोचमा क्यान छ, तर जुन सोचका कारण क्यान लागेको छ, त्यो अनुसार काम सम्पन्न हुन सकेको छैन । प्रतियोगिताको मिती नजिकिदै गर्दा पिच पुर्ण रुपमा तयार भइसकेको छैन । यस्तै अन्य कामहरु पनि जारी नै छन ।

हेरौ भिडियोमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal