जेभियर इन्टरनेनसल कलेज  क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१७
  • |
  • 219 पटक हेरिएको

काठमाडौं, १७ माघ । जेभियर इन्टरनेनसल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जेभियरले न्यु जेनिथलाई ५०–४४ ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो । जेभियरका लियुश केसीले १८ अंक जोडे । पराजयका बावजुद न्यु जेनिथ पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो ।

प्लस टु ब्वाइजमै समूह ‘डि’ को लिगमा गोल्डेनगेटले टाइम्सलाई ३४–२७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । गोल्डेनगेटका सुशिल घलेले १४ स्कोर गरे । डिफेन्डिङ च्याम्पियन टाइम्स लगातार दुई हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट आयोजक ज्ञान निकेतन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । ज्ञान निकेतन र गोल्डेनगेटबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ । उक्त खेल शनिबार हुने छ ।

समूह ‘ए’ मा क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको मोर्गन इन्टरनेसनल कलेजले ग्लेसियरलाई ३७–३१ ले पाखा लगाउदै समूह विजेता भयो । मोर्गनका मिन गुरुङले ९ अंक जोडे ।

स्कुलतर्फ ब्वाइजमा आयोजक ज्ञान निकेतनले काठमाडौं जेभियरलाई ३७–२७, नेरिक एकेडेमीले इनोभेटिभलाई ५४–५१, पुष्प सदनले हिमालयलाई ४६–३७ र नवज्योतिले केएमसीलाई ३३–२० ले पन्छाए । ज्ञान निकेतनका विवेक यादवले १६, नेरिकका समिप खत्रीले १२, पुष्प सदनका कर्मा गुरुङले २० र नवज्योतिका रमेश पाण्डेले १५ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey