पाेखराकाे आइकोनीक खेलाडीका रूपमा गेल इपीएल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१६
  • |
  • 207 पटक हेरिएको

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएको छ । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो ।

लामो समयको प्रयासपछि गेलले इपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकोनीक खेलाडी समेत रहेका छन । इपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले बताइन । उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाई छ ।

गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए ।

उनलाई कति रकममा ल्याउन लागेको भन्ने खुलाइएको छैन । इपीएल लगत्तै भारतमा इन्डियन प्रिमियर लिग हुँदैछ । आइपीएलको तालिका अनुसार गेल इपीएलका लागि काठमाडौंमा बस्नेछन । बुझिएअनुसार उनले कम्तिमा दुई खेल खेल्ने पक्का छ ।

आइपीएलको पुरा तालिका अझै नआइसकेकाले उनी इपीएलमा कति खेल खेल्ने भन्ने एकिन छैन । तर सुरुवाती केहि खेलमा उनी टिममा हुने बताइएको छ । उनी इपीएलका लागि १२ मार्चमा काठमाडौं आइपुग्नेछन ।

टी २० क्रिकेटमा चर्चित खेलाडी गेलले विश्वमा खेलिने सबै फ्रेन्चाइजी लिग खेलेका छन । ४० वर्षीय गेल विश्वका टी-२० क्रिकेट लिगका लागि चर्चित छन्। उनले टी-२० खेलमा ४०४ खेल खेल्दै १३ हजार भन्दा बढी रन बनाएका छन्। जसमा २२ शतक र ८२ अर्धशतक सामेल छन्।
यसपटक इपीएलमा खेल्ने सबै विदेशी खेलाडीको श्रम स्विकृती लिइने भएको छ ।

नेपालमा आयोजना हुने फ्रेन्चाइजी लिगमा खेल्न आउने विदेशी खेलाडीले श्रम स्विकृती नलिएको भन्ने आरोप लागिरहेका बेला इपीएल आयोजकले भने विदेशी खेलाडीलाई अनिवार्य त्यो स्विकृती लिने बताएको छ । यसका लागि विभिन्न ठाँउबाट प्रयास भइरहेको बताइएको छ ।

इपीएलका लागि पाेखराकाे टिम

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey