फिजम कपमा बीबीएमको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१५
  • |
  • 319 पटक हेरिएको

विश्व विद्या मन्दिर (बीबीएम) ले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सहज जित हात पारेको छ ।

बीबीएमले दीपिकालाई ९–० को भारी गोलअन्तरले पराजित ग¥यो । निशान तामाङले ह्याट्रिक तथा अजय राई र विवेक विडारीले समान २–२ गोल गरे । बाँकी गोल प्रवेश राई र प्रज्ज्वल राईले गरे ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेपाल तारा र होली क्रसले सफलता पाए ।

नेपाल ताराले ग्रामरलाई ७–० गोलअन्तरले हरायो । सुदिप पाख्रिनले ३ तथा आशिष नेपाल, लुक्पा शेर्पा, भुवन श्रेष्ठ र आशिष दाहालले समान १–१ गोल गरे । होलीक्रसले कम्यकलाई ५–० गोलले पाखा लगायो । पुजन तामाङ र अमित खड्काले समान २–२ तथा सन्जिव तामाङले १ गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey