ज्ञान निकेतनको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१४
  • |
  • 187 पटक हेरिएको

काठमाडौं, माघ १४ गते । आयोजक ज्ञान निकेतनले १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार विजयी सुरुआत गरेको छ ।
शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले डिफेन्डिङ च्याम्पियन टाइम्स इन्टरनेसनल कलेजलाई ५१–४५ ले पराजित ग¥यो । ज्ञान निकेतनका मनीष तामाङले १७ अंक जोडे । सुरुका तीन क्वाटरमा ज्ञान निकेतनले १२–८, ८–७ र ९–७ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा टाइम्सले २३–२२ को अग्रता लिएपनि जितका लागि पर्याप्त रहेन ।

अन्य प्रतिस्पर्धामा सीसीआरसी, ह्वाइटहाउस र इन्साइट भिजनले सफलता पाए । सीसीआरसीले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४८–३४ ले हरायो । सीसीआरसीका रोशन श्रेष्ठले १६ स्कोर गरे ।

ह्वाइटहाउसले बर्न हार्टमाथि ५२–२८ को सहज जित दर्ता ग¥यो । ह्वाइटहाउसका यादव निरञ्जनले १४ अंक जोडे । नोबेल एकेडेमी विरुद्धको खेलमा इन्साइट भिजन २६–२४ को झीनो अन्तरले विजयी भयो । इन्साइट भिजनका सुमन कार्कीले ८ अंक जोडे ।

प्रतियोगिताको ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा विश्व प्रख्यात बास्केटबल खेलाडी ब्रायन्ट कोबीको निधनमा खेलाडीलगायतले एक मिनेट मौन धारण गरेका थिए । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताको प्लस टु ब्वाइजमा १६ तथा स्कुलतर्फ ब्वाइजमा ८ गरी २४ टिम सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal