त्रिकाेणात्मक सिरीजमा दबाव भन्दापनि उत्साह धेरै छ- सन्दिप लामिछाने (भिडियाे कुराकानी)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१४
  • |
  • 279 पटक हेरिएको

घरेलु मैदानमा करिव दुई बर्षपछि अन्तराष्ट्रिय एकदिवसिय प्रतियोगिता खेल्ने तयारीमा रहेका स्टार बलर सन्दिप लामिछानेले यो सिरीजका लागि निकै उत्साहित रहेको बताएका छन ।

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा राम्रो प्रदर्शन गरेका सन्दिप नेपाली टिमको त्रिकोणात्मक सिरीजका लागि विचमा नै छोडेर सोमबार राती फर्किएका थिए ।

उनी मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा प्रशिक्षणमा पुगेका थिए । अन्तिम पटक घरेलु मैदानमा औपचारिक प्रतिस्पर्धामा गत संस्करणको एभरेष्ट प्रिमियर लिग खेलेका थिए । त्यसपछि उनले एमसीसी विरुद्ध कीर्तिपुरमा खेलेपनि त्यो आइसीसीको मान्यतामा नरहेको खेल थियो ।

यो सिरीजका लागि आफु उत्साहित रहेको र जिम्मेवारीपनि धेरै रहेको उनको भनाई छ । यसपटकको विग ब्यास लिगमा उनले १५ विकेट लिएका थिए ।

सन्दिपले पछिल्ला दुई प्रतियोगितामा टिममा थिएनन् । बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा उनी आबुधावीमा टी १० लिगका लागि खेल्न गएका थिए । उनले पछिले नै टी १० लिगका लागि आफ्नो समय दिएकाले अचानक आएको प्रतियोगिताका कारण नेपाल क्रिकेट संघसँग खेल्नका लागि अनुमती मागेका थिए ।

त्यसपछि घरेलु मैदानमा भएको दक्षिण एसियाली खेलकुद सागमा पनि उनी ब्यक्तिगत कारणले टिम बाहिर रहेका थिए ।

नेपालले खेलेका ६ वटा अन्तराष्ट्रिय खेलमा १५ विकेट लिएका सन्दिपको उत्कृष्ट बलिङ फिगर चार ओभरमा एक मेडन सहित २४ रन खर्चिएर चार विकेट रहेको छ । जुन उनले यूएई विरुद्धको दोस्रो एकदिवसिय खेलमा लिएका थिए । सो खेलमा युएई मात्र ९७ रनमा अलआउट भएको थियो । नेपाल र यूएई विरुद्धको सो सिरीजमा सन्दिपले सात विकेट लिएका थिए ।

हेराै सन्दिपसँगकाे कुराकानी भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey