भलिबल खेलाडी प्रतिभा माली ९ महिना काेर्टबाहिर हुने पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१४
  • |
  • 649 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी ओपन स्पाइकर प्रतिभा मालि ९ महिना कोर्ट बाहिर हुने भएकी छिन् ।

हालै भएको पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियनसिपको फाइनल खेलमा न्यु डायमण्ड स्पोर्टस क्लबबाट खेलेकी प्रतिभाले चोट बोकेपछि कोर्टमा फर्कन समय लाग्ने भएको हो ।

एपीएफसँगको फाइनल खेलमा प्रतिभा तेस्रो सेटमा लडेकी थिइन् । त्यतिबेला खुट्टा फर्किए पछि दशरथ रंगशाला नजिकैको ब्लुक्रस अस्पताल लगिएको थियो ।

त्यतिबेला खुट्टामा ब्लड जमेकाले तत्काल एमआरआई गर्न सकिएको थिएन । सोमबार एमआरआई गरिएको थियाे । जसबाट उनकाे खुट्टकाे सल्यक्रिया नै गर्नुपर्ने देखिएकाे छ । जसका कारण उनले लामाे समय खेलबाट बिश्राम लिनुपर्ने भएकाे छ ।

उनकाे उपचारमा खटिएका सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठले प्रतिभाको घुँडामा एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखिएकाे बताए । उनकाे घुँडा अझैपनि सुन्निएकाले त्याे कम भएपछि सल्यकृया गर्ने बताए ।

डा. श्रेष्ठका अनुसार पुरानै अवस्थामा फर्कन ८ देखि ९ महिना लाग्छ सक्ने बताए । उनकाे चाेट त्याे भन्दा अगाडी नै ठिक हुनसक्ने तरपनि फिजियाेथेरापी गर्नुपर्ने भएकाले यत्राे समय लाग्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey