ज्ञान निकेतन बास्केटबल भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१३
  • |
  • 217 पटक हेरिएको

काठमाडौं, १३ माघ । ज्ञान निकेतन माविको आयोजनामा १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा प्लस २ ब्वाइज र स्कुल ब्वाइजतर्फ जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्लस २ ब्वाइजमा १६ तथा स्कुल ब्वाइजतर्फ ८ टिम सहभागी हुने छन् । प्लस टु मा सहभागीलाई ४ समूह तथा स्कुलमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्लस टु मा समूहमा शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । स्कुलतर्फ समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए । प्लस टु मा टाइम्स इन्टरनेसनल कलेज तथा स्कुलमा आयोजक ज्ञान निकेतन डिफेन्डिङ च्याम्पियन हुन् । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुने छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको ज्ञान निकेतनका बास्केटबल प्रशिक्षक सुनिल लामाले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal