बिभागिए डर्बीमा पुलिस बिजयी, एपीएफ १-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१३
  • |
  • 198 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा दुई विभागिए डर्वीमा नेपाल पुलिस क्लव विजयी भएको छ । आज भएको खेलमा पुलिसले एपीएफ क्लवलाई एक शुन्यले हरायो । जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शिर्ष पाँचमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको छैटौं मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले बचाए । त्यसप ि११ औं मिनेटमा पुलिसले पेनाल्टी पायो । निरकुमार राईको कर्नरबाट आएको बललाई भरत शाह बल हान्न खोज्दा एपीएफका राजन गुरुङले डिबक्समा लडाएका थिए । जसका कारण पुलिसले पेनाल्टी पायो ।

जसलाई भोलानाथ सिलवालले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाए । एक गोलले पछि परेको एपीएफले ३९ औं मिनेटमा बराबरी गर्ने मौका पाएको थियो । एपीएफका आशिष लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

४२ औं मिनेटमा एपीएफका रमेश दंगालीको प्रहारपनि पोष्ट नजिकैबाट आउट भयो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले ४९ औं मिनेटमा राम्रो अवसर खेर फाल्यो । पुलिसका रवी पासवानको पासमा निरकुमार राईले गरेको प्रहारलाई एपीएफका सुदिप सिख्राकारले गोललाइनबाट बचाए ।

त्यसपछि एपीएफ खेलमा फर्कन सकेन भने पुलिसले पनि पाएका मौकाको सुदपयोग गर्न सकेन । खेलकाे इन्जुरी समयमा एपीएफकाे प्रहारलाइ पुलिसका गाेलकिपरले राके ।

यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शिर्ष पाँचमा पुगेको छ । एपीएफको लिगमा यो छैटौं हार हो । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको मात्र पाँच अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey