अन्तराष्ट्रिय हाप्कीडो सेमिनार सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१२
  • |
  • 173 पटक हेरिएको

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तराष्ट्रिय हाप्कीडोे सेमिनार आइतबार सम्पन्न भएको छ ।

आइतबार कास्कीको पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा सेमिनारमा सफलता पाउने प्रशिक्षार्थीलाइ प्रमाणपत्र पत्र प्रदान गरियो । सोही अवसरमा गत साता सम्पन्न भएको राष्ट्रिय रेफ्रि सेमिनारमा सहभागिलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

सेमिनारमा ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनीयर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए ।

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको सभापतीत्वमा भएको कार्यक्रम शैल्ताज कुवँरले सञ्चालन गरेकी थिइन् । कास्की मार्सल आर्ट्स जिल्ला हाप्कीडो संघका अध्यक्ष मदन जीसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष एम वि आस्था र उपाध्यक्ष तारा माया थापा सहित अन्य अधिकारीको उपस्थिती थियो । कार्यक्रममा कास्कीका विभिन्न संघ सस्थाका प्रतिनिधीको पनि उपस्थिती थियो ।

गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको सहयोगमा आयोजीत दुइ दिने सेमिनारले खेललाई अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराएको आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey