संगीतालाई काब्यको सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१२
  • |
  • 398 पटक हेरिएको

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता संगीता बस्याललाई काब्य स्कुलले आइतबार सम्मान गरेको छ ।

काब्य स्कुलको १० औं स्पोर्ट्स मिटका अवसरमा तेक्वान्दोको महिला ६२ केजी तौल समूहमा स्वर्ण विजेता संगीतालाई नगदसहित सम्मान गरिएको हो । संगीताले सागमा भारतकी गगनजोत गिललाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।

उनलाई काब्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा, निर्देशक रिजन खड्का, स्पोर्ट्स इन्चार्ज प्रज्वलप्रताप क्षत्रीलगायतले सम्मान गरे । कार्यक्रममा प्रिन्सिपल बास्कोटाले स्वर्ण पदक जित्दै राष्ट्रको नाम उँचो बनाएकोमा संगीतालाई बधाई दिएका थिए ।

स्पोर्ट्स मिटअन्तर्गत तेक्वान्दोमा १३ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । जसमा छात्रामा सेफिना कुटु र छात्रमा आर्यन राजभण्डारी उत्कृष्ट खेलाडी बनेको तेक्वान्दो प्रशिक्षक रामकृष्ण श्रेष्ठले जनकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal