एन्जल्स हर्टको मिश्रित प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१२
  • |
  • 243 पटक हेरिएको

आयोजक एन्जल्स हर्टले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित प्रदर्शन गरेको छ । एन्जल्स हर्ट ‘ए’ ले सफलता पायो भने ‘बी’ टिम पराजित भयो ।

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिकलाई ४०–३४ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रतीक गौली र रोशन श्रेष्ठले समान ८–८ अंक जोडे । नेसनल युनाइटेडले एन्जल्स हर्ट ‘बी’ लाई २६–२४ ले हरायो । नेसनल युनाइटेडका रोशन मल्लले १२ स्कोर गरे ।
अन्य खेलमा एचएचसीएले एनईएलाई ४०–३५, सेबले नेपाल मोडेललाई २८–२३, लालीगुराँसले ईबीएलाई २०–१४, ग्रिनफिल्डले नवोदितलाई ३४–२० र बीएनएले काठमाडौं भ्यालीलाई ३४–१९ ले पाखा लगाए ।

प्रतियोगिताको नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने र एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ २० गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा २० टिम सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey