आरबीबी एनभीए क्लब च्याम्पियनिसपको उपाधि हेल्प नेपाललाई, एपीएफ स्तव्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१०
  • |
  • 264 पटक हेरिएको

काठमाडौं, १० माघ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आयोजित पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियसिपमा पुरुष तर्फको उपाधि हेल्प नेपाल र महिला तर्फको उपाधि एपीएफले जितेको छ । एपीएफ माथि हेल्प नेपाल २५–१७, २५–१४ र २५–२१ ले विजयी भयो । पुरुष तर्फको उपाधि भिडन्तमा एपीएफ भने हेल्प नेपालसँग पराजित हुन पुग्यो । राखेप कर्भडहलमा शुक्रबार भएको फाइनलमा तीन जना भारतीय खेलाडी र भारतीय सेनामा कार्यरत नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपाल टिमले विभागीय क्लब एपीएफलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

गत संस्करण पनि उत्कृष्ट प्रदर्शन गरेको हेल्प नेपालले खेलाडीको विषयमा विवाद भएपछि बीचैमा प्रतियोगिता छाडेको थियो । तर यस पटक उपाधि नै जित्न सफल भयो ।

सुरुदेखि नै एपीएफ माथि दवाव राखेको हेल्प नेपालले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने एपीएफ झनै दबावमा आएको थियो । हेल्प नेपालले ९ अंक जोड्दा सम्म खाता खोल्न नसकेको एपीएफले टाइम आउट लिएर कोर्टमा प्रवेश गरेपछि मात्रै खाता खोलेको थियो ।

अन्तमा दोस्रो सेट २५–१४ ले हेल्प नेपाल विजयी भयो । तेस्रो सेट केही प्रतिस्पर्धात्मक भए पनि लगातार हेल्प नेपालले अग्रता लिएको थियो । एक पटक १ अंकले पछि परेको एपीएफ खेलमा फर्कन सकेन । लगातार एपीएफ माथि दवाव कायम राख्दै हेल्पनेपाल अघि बढेको थियो । तर एपीएफले पनि निरन्तर पछ्याउँदै २१–२२ को अवस्थामा ल्याएको थियो । त्यसपछि हेल्प नेपाल २३–२१ ले अघि बढ्यो । एपीएफलाई २१ मा रोक्दै हेल्प नेपालले २५ अंक जोडेको थियो ।

प्रतियोगिताको उपाधि विजेता हेल्प नेपालले २ लाख रुपैयाँ जित्दा उप विजेता भएको एपीएफले १ लाख हात पारेको छ ।
यस्तै, पुरुष तर्फ त्रिभुवन आर्मी तेस्रो भयो । आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै तेस्रो भएको हो । गत संस्करणको उपाधि विजेता आर्मी एपीएफसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । राष्ट्रिय टिमका खेलाडी रहेको आर्मीले पुलिसमाथि तीन सून्यकै सेटमा पराजित गर्न सफल भयो । पुलिसलाई पराजित गर्दा आर्मीले दुई सेट २५–१८ ले जितेको थियो भने अन्तिम सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो भएको आर्मीले ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा पुरुष तर्फ ११ टिमको सहभागीता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey