क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा एपीएफ र न्यू डायमण्ड भिड्दै, पुरुषतर्फ एपीएफ र हेल्प नेपाल प्रतिष्पर्धामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१०
  • |
  • 347 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहेको पाँचौं आरबीबी एनभीए भलिबलको फाइनल खेल आज हुँदैछन् । महिला र पुरुष दुवै तर्फको फाइनल खेल राखेपको कभर्डहलमा दिउँसो हुने छन् । त्यस अघि तेस्रो स्थानका लागि महिला र पुरुष तर्फका खेलहरु हुने छन् ।

दिउँसो २ बजे महिला तर्फको फाइनल हुने छ । महिला तर्फ विभागीय क्लब एपीएफ र न्यु डायमण्ड स्पोर्टस क्लब आमने सामने हुने छन् । यी दुई टिमले पुसमा पनि न्यु डायमण्ड कपको फाइनलमा प्रतिष्पर्धा गरेका थिए । उक्त खेलमा एपीएफले बाजी मारेको थियो ।

आजको फाइनलमा एपीएफ माथि जीत निकाल्दै पुसको फाइनलमो बदला लिने लक्ष्यमा न्यु डायमण्ड रहने छ । एपीएफ विनिता वुढाथोकीको कप्तानीमा छ भने न्यु डायमण्डको कप्तान ललिता नाथ छिन् ।

एपीएफमा सरस्वती चौधरी, रेश्मा भण्डारी लगाएतका राष्ट्रिय टिमका खेलाडी छन् भने न्यु डायमण्डमा प्रतिभा माली, राष्ट्रिय टिमकी कप्तान अरुणा शाही पनि सम्मिलित छन् । विहीबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस तथा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

यस्तै आजै दिउँसो ४ बजे पुरुष तर्फको फाइनल खेल पनि हुने छ । फाइनलमा एपीएफ र हेल्प नेपालबीच प्रतिस्पर्धा हुने छ । विहीबार भएको सेमिफाइनलमा एपीएफले गत संस्करणको च्याम्पियन त्रिभुवन आर्मीलाई पराजित गरेको हो भने भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

उपाधि विजेता टिमले ले नगद २ लाख र उप विजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal