भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनल खेल आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०९
  • |
  • 330 पटक हेरिएको

पाँचौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपका सेमिफाइनल खेलहरु आज हुने भएका छन् । महिला तर्फ ७ टिमले समूह चरणमा प्रतिस्पर्धा गरेकाले सिधै चार टिमले सेमिफाइनल यात्रा तय गरेका थिए । उता पुरुष तर्फ ११ टिमले समूह चरणमा प्रतिस्पर्धा गरेकाले ८ टिमले क्वार्टरफाइनलको प्रतिस्पर्धा गरेका थिए ।

क्वार्टरफाइनलबाट तीन विभागीय टिमसहित हेल्प नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । आज विहान हुने पहिलो खेलमा साढे ९ बजे पुरुष तर्फको भिडन्त हुने छ । जसमा दुई विभागीय क्लबहरु एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ । विहान साढे ११ बजे नेपाल पुलिस र हेल्प नेपाल आमने सामने हुने छन् । महिला तर्फको सेमिफाइनल खेल भने दिउँसो हुने छन् । दिउँसो १ बजे एपीएफ र नेपाल पुलिस तथा दिउँसो ३ बजे न्यु डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी भिड्ने छन् ।

महिला र पुरुषबीचको उपाधि विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

बिधागततर्फ उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal