पुलिसमाथि मच्छिन्द्रकाे संघर्षपुर्ण जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०८
  • |
  • 181 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लवलाई हराउँदै मच्छिन्द्र क्लवले शिर्ष स्थानको आर्मीसँग अंक बराबरी गरेको छ । आज भएको खेलमा मच्छिन्द्रले पुलिसलाई एक शुन्यले हरायो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । त्यसो त पहिलो हाफको इन्जुरी समयमा मच्छिन्द्रले गोल गरेको थियो । तर त्यसलाई रेफ्रिले अफसाइड दिए । रञ्जित धिमालको फ्रिकिकमा पिटर सेगुनले गोल गरेका थिए ।

तर अफसाइड दिइयो । तर दोस्रो हाफको सुरुवातमा नै मच्छिन्द्रले अग्रता बनाएको हो । ५८ औं मिनेटमा रञ्जित घिमालले गोल गरे ।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन र स्टार खेलाडीले भरीएको मच्छिन्द्रले संघर्षपुर्ण जित निकाल्न सफल भयो । उसले आठ खेलमा १६ अंक बनाउँदै शिर्ष स्थान रहेको आर्मीसँग अंक बराबरी गरेको हो ।

तर एक खेल कम खेलेको र गोल अन्तरमा अगाडी हुँदा आर्मी शिर्ष स्थानमा यथावत रहेको छ । पुलिसको आठ खेलमा ११ अंक छ ।

खेलकाे हाइलाइट्स

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey